शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

कृषि प्रदर्शनी व्यवस्थित बनाइने

कृषि प्रदर्शनी व्यवस्थित बनाइने


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८३, शुक्रबार

लेखनाथ/लेखनाथ महोत्सवमा कृषि प्रर्दशनीलाई अझै बृहत र व्यवस्थित बनाइने भएको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ भन्ने नाराका साथ पुस २ देखि १३ गतेसम्म २२ औं लेखनाथ महोत्सव हुँदै छ ।

संघमा बुधबार भएको कृषि उपसमितिको तयारी बैठकले यसपालिको महोत्सव कृषकलाई थप लाभ दिने गरीप्रदर्शनी गर्ने तयारी गरेको छ । महोत्सवमा पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा आयोजना गरिने प्रर्दशनीमा विभिन्न किसिमका फलफूल तथा तरकारी, बिउ विजन, कृषि प्रविधिका नमुनाहरु प्रदर्शनीमा राखिने छन् ।

माटोको उर्वराशक्ति तथा क्षमता, अम्लीयपन कस्तो छ भनेर किसानलाई जानकारी पनि दिइनेछ भने छुटृै कृषि गेटसमेत निर्माण गर्ने योजना रहेको कृषि उपसमितिसंयोजक दयाराम तिवारीले जानकारी दिए ।

प्रर्दशनीमा स्थानीय तालका माछा, मह, फलफूल, ताजा तरकारी, कफि, जडिबुटी, विभिन्न स्थानिय कृषि उपजको प्रदर्शनी एवं बिक्री, कृषिसम्बन्धी परामर्श र कृषि व्यवसायमा प्रयोग हुने परम्परागत तथा आधुनिक सामग्रीको प्रर्दशनी गरिनेछ । प्रदर्शनीमा सहभागी किसानमध्येबाट उत्कृष्ट हुनेलाई पुरस्कृतसमेत गरिनेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->