पोखरा/माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा सञ्चालित तीनदिने वार्षिक खेलकुद सकिएको छ । सोमबारदेखि सुरु भएको खेलकुदका कार्यक्रम बुधबार सकिएको विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।
विद्यालयकोगेम्स एन्ड स्पोट्र्स क्लबको आयोजनामा भएको प्रतियोगितामा बास्केटबल, भलिबल, टेबलटेनिस, ब्याडमिन्टन, छेलो तथा फुटसल लगायतका खेल समावेश गरिएको थियो । प्रतियोगितामा कक्षा ११ र १२ का विद्यार्थीका विद्यार्थी सहभागी थिए ।
प्रतियोगिताअन्तर्गत छात्र बास्केटबलतर्फ कक्षा ११ को टोली प्रथम भएको छ। रोशन पाइजा, युनिक थापा, अमन तिलिजा, दीपेन गर्बुजा, युगल तिलिजा पुन र डिप्लभ पाइजा सम्मिलित टोलीले प्रथम स्थान हाँसिल गरेको हो । कक्षा १२ को प्रज्वल पौडेल, विपिन्द्र पाइजा, गगन गुरुङ, आशीष विक, सुरेश विक, अनिश घिमिरे र हिक्मत गुरुङ सम्मिलित टोली दोस्रो भएको खेल शिक्षक एन्जल पुनले जानकारी दिए ।
छेलोतर्फं कक्षा १२ का कपिल गुरुङ प्रथम, कक्षा ११ का निश्चल गुरुङ द्वितीय र कक्षा १२ का अर्जुन विक तृतीय भए।टेबलटेनिस छात्रतर्फ कक्षा ११ का दिप्सन हमाल प्रथम, आयुष थापा द्वितीय र कक्षा १२ का गौरव नेपाली तृतीय भए ।
ब्याडमिन्टन छात्रतर्फ गणेश पौडेल प्रथम, टेनिस छन्त्याल द्वितीय र सोमबहादुर थापा तृतीय भए । त्यस्तै, ब्याडमिन्टन छात्रातर्फ प्रतिमा गुरुङ प्रथम, प्रियान तामाङ द्वितीय र प्रार्थना गुरुङ तृतीय स्थान हाँसिल गर्न सफल भए ।
फुटसल छात्रतर्फ बादल गुरुङको टिम पहिलो,किस्मत विकको टिम दोस्रो,समीर पुनको टिमले तेस्रो स्थान पाए ।छात्र बास्केटबलतर्फ तेस्रो स्थान हाँसिल गर्ने टोलीमा किस्मत विक, यमन फगामी, सन्देश सुनार, कपिल गुरुङ, अर्जुन विक, अपिल शाही, सुरेश विक र साजन तामाङ छन् । छात्रा बास्केटबलतर्फ शोनी गिरी, प्रकृति राना, प्राप्ति पुन, आरोष सुनार र पूर्णिमा गुरुङ सम्मिलित टोली विजयी भएको प्लस टु संयोजक गोविन्द सुवेदीले जानकारी दिए ।
विजेता खेलाडीलाई विद्यालयका प्राचार्य श्रेष्ठ, प्रशासनिक प्रमुख चित्र गुरुङ ,अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङ, प्लस टु संयोजक सुवेदी, गेम्स एन्ड स्पोट्र्स क्लबका अध्यक्ष पंकज श्रीसलगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।





