शुक्रबार, मंसिर ११ २०८३

शुक्रबार, मंसिर ११ २०८३
  • ११ मंसिर २०८३ , शुक्रबार
  • November 27 2026

अन्नपूर्ण ९ को वडा कार्यालय बन्यो

अन्नपूर्ण ९ को वडा कार्यालय बन्यो


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८३, शुक्रबार

पोखरा/अन्नपूर्ण गाउँपालिका वडा नं. ९ लेतीखेढुंगामा वडा कार्यालय बनाएको छ । नवनिर्मित वडा कार्यालय भवन तथा हिले स्वास्थ्य चौकी बिहीबार उद्घाटन भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले भवन निर्माणका लागि जग्गादान गर्नेहरुलाई धन्यवाद दिए । उनले विकास, निर्माणका कार्यलाई सफल बनाउन सबैको सहकार्य, सहयोग र एकताबद्ध प्रयास आवश्यक रहेको उल्लेख गरे ।

उनले भने, ‘आपसी हातेमालोका साथ गाउँपालिकाको समग्र विकासमा अघि बढ्न जरुरी छ ।’ वडा नम्बर ९ अध्यक्ष रमेश गुरुङले समृद्ध वडा, स्वस्थ नागरिक र सुशासनयुक्त अन्नपूर्ण निर्माणका लागि आफू निरन्तर प्रतिबद्ध रहेको जनाए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारीज्यू, प्रमुख प्रशासकीय अधिकृत नवराज शर्मा दोरंगा लगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->