पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयले पोखरा महानगरको कार्यालयमा मंगलबार दिउँसो छापा मारेको छ । विशेष गरी महानगरले मनिपाल शिक्षण अस्पताललाई दिएको करोडौं कर छुटको बिषयमा उजुरी परेपछि अख्तियारले छापा मारेको हो ।
अख्तियारले अनुसन्धानका लागि महानगरका कागजात नियन्त्रणमा लिएको छ । मनिपाललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेकाले अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिइएकाे अख्तियार अनुसन्धान पाेखराका प्रवक्ता जगदिशचन्द्र सिवाकाेटीले बताए । अख्तियारले कार्यपालिका बैठकको निर्णय, राजस्वसम्बन्धी निर्णय, राजस्व परामर्श समितिको निर्णय, नक्सापासलगायत मनिपालसंग सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो ।





