पोखरा/ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा कार दुर्घटना हुँदा मंगलबार कारमा सवार ३ जना घाइते भएका छन । घाइतेको उपचारका लागि पोखराको मेट्रोसिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
घाइतेमा कारचालक पर्वतको जलजला गाउँपालिका–६ का ४४ वर्षीय सनम पुन, पर्वतको कुश्मा नगरपालिका–१२ का ४२ वर्षीय किशोर सापकोटा र जलजला–६ का १५ वर्षीया सुशीला पुन रहेका छन । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार मंगलबा दिउँसो पौनै २ बजेको समयमा ग३च ५३६३ नम्बरको कार चालकले नियन्त्रण गुमाई सडकको दायाँ साइडमा पल्टिन गई दुर्घटना भएको थियो । कारमा ६ जना सवार थिए ।





