बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

वडा नं. २६ मा क्षमता विकास तालिम

वडा नं. २६ मा क्षमता विकास तालिम


  • ढोरपाटन संवाददाता
  • असार २० २०८१, बुधबार

पोखरा/पोखरा महानगरपालिका वडा नंं २६ का महिला तथा आमा समूहमा आवद्ध महिलाहरुका लागि क्षमता विकाससम्बधी तिन दिने तालिम मंगलबार सम्पन्न भएको छ ।
तालिम समापनमा बोल्दै, वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाले आगामी आर्थिक बर्षका लागि वडा नं. २६ मा महिलाहरुले नै योजना तर्जुमा गरेको उल्लेख गर्दै, आगामी दिनमा वडामा हुने सार्वजनिक सरोकारका कार्यक्रम चलाउने गरी तयारी गर्न आग्रह गरे ।
तीन दिनसम्म संचालन भएको तालिममा वडाका विभिन्न महिला, आमा समूह र टोल विकास संस्थाका गरी ५२ जनाको सहभागिता रहेको थियो ।
पोखरा महानगरपालिका वडा नंं २६ का वडा सदस्य लक्ष्मीदेवी भट्टराईको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडा सदस्य सुजता बराल सुनार, तिर्थ बहादुर राजभाट, वडा सचिव लिलामणि भण्डारी, सहभागिताको तर्फबाट संगीता के.सी र विष्णु ढकालले तालिम उपयोगी भएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->