बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एटीएम मेसिन फोड्न खोज्ने पक्राउ

एटीएम मेसिन फोड्न खोज्ने पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २० २०८१, बुधबार

पोखरा/ एटीएम मेशीन फोरेर रकम चोरी गर्न लागेको आरोपमा धादिङ सिद्धलेक गाउँपालिका– ३ घर भई हाल पोखरा–९ बस्ने २३ वर्षीय रुपेश नेपाली पक्राउ परेका छन । उनलाई मंगलबार बिहान साढे २ बजेतिरको समयमा पोखरा–५ जिरो किमिस्थित एनएमबी बैंकको एटीएम मेसिनमा प्रवेश गरी तोडफोड गरी रकम चोरी गर्न खोजेको भन्ने सुचनाको आधारमा तत्काल वडा प्रहरी कार्यलय बैदामबाट खटिई गएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार नेपालीलाई कास्की जिल्ला अदालतबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->