पोखरा / आठ अर्ब हिनामिनाको आरोपमा सहकारी अभियान्ता केबी उप्रती पक्राउ परेका छन् । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रहेका आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष केबी उप्रेतीलाई प्रहरीले बुधवार पक्राउ गरेको हो ।
बुधबार बिहान बालाजुबाट पक्राउ परेका उप्रेतीलाई महाराजगञ्ज प्रहरीवृतमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनी नेकपा एमाले केन्द्रिय सहकारी विभागका सचिव थिए ।
प्रहरीमा आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती विरुद्ध बचतकर्ताको ठूलो रकम हिनामिना गरेको जाहेरी परेको थियो । उप्रेतीमाथि ३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ भन्दा बढि बचत रकम हिनामिना गरेको आरोप लागेको छ ।





