काठमाडौं/ नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल सर्वसम्मत् चयन भएका छन । यसैग्री महासचिवमा घनश्याम भुसाल पनि सर्वसम्मत चयन भए ।
उक्त पार्टीको जारी दशौं राष्ट्रिय महाधिवेशनमा नेपाल र भुसाल अध्यक्षका प्रत्यासी रहने भनिए पनि अन्तिममा आएर अध्यक्ष र महासचिवमा चयन भएका हुन । दुवैजना यसअघि पनि तिनै पदमा थिए । यसैगरी पार्टीको सम्मानित नेतामा झलनाथ खनाललाई चयन गरिएको छ ।
तिनै पदमा महाधिवेशनका प्रतिनिधिहरुले सर्वसम्मत् चयन गरेका हुन । अन्य पदका विषयमा छलफल चलिरहेको जनाइएको छ । महाधिवेशनले २१ पदाधिकारीसहित २ य ९९ केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५०० संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गताबाट ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुनेछन । त्यस्तै, भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षणको व्यवस्था छ ।





