पोखरा/पोखराको शिसुवामा बसोबास गर्दै आएका लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले आफनो ५२ औं जन्मोत्सवका अवसरमा पोखरा २७ को सहेला पाखामा रहेको श्रीकृष्ण प्रणामी बृद्ध तथा बालआश्रममा सहयोग गरेका छन् ।
श्रीमती इन्दिरा ओझासहित आश्रममा पुगेका राजेन्द्र ओझाले आश्रममा रहेका बालबालिका तथा बृद्धबृद्धाहरुका लागि आवश्यक पर्ने खाद्यन्न,सिलिण्डर ग्यासलगायतका बस्तु सहयोग गरेका हुन् ।





