पोखरा/ लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले पोखरा महानगरपालिका–५ जिरो किमिस्थित शंकास्पद अवस्थामा चेकजाँच गर्दा पोखरा–१७ छोरेपाटन बस्ने वर्ष २८ को तेन्जिङ गुरुङको साथबाट नाइट्राभेट १० लेखेको १४० चक्की र पोखराको सिम्पानी बस्ने वर्ष २६ को सुशान्त परियारको साथबाट नाइट्राभेट १० लेखेको ४८ चक्की र ट्यापान्टाडाेल लेखेको ३० चक्की फेला परेको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए । दुवैजनालई शुक्रबार पक्राउ गरिएको हो ।
उनका अनुसार दुवैजनालाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाईएको छ ।





