बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

नाबालिग अपहरण गरी जबरजस्ती करणी गर्ने २ जना पक्राउ

नाबालिग अपहरण गरी जबरजस्ती करणी गर्ने २ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८१, सोमबार

पोखरा/पोखरामा नाबालिगलाईअपहरण गरी जबरजस्ती करणी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत सोमबार अन्दाजी ११ बजेको समयमा तनहुँ म्याग्दे गाउँपालिका ४ थर्पुबाट नाबालिगलाई डरत्रास देखाएर पोखरा ल्याइ कोठामा बन्दक बनाइ करणी गरेर तनहुँ जाँदै गरेका भारतीय नागरीक विहार प्रदेश सितामणि जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वडा नं. १ का सुनिल दास र धनुषा क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुरका कुमार दासलाई प्रहरीले पक्राउ गरेको हो ।
पोखरा ३० पावरहाउस स्थित पृथ्वीराजमार्ग सडक खण्डमा प्रहरीले चेकिङ गरिरहेको अवस्थामा प्रहरी देखेपछि उनीहरु अचानक भागेका थिए । भाग्दै गर्दा प्रहरीले उनीहरुलाई पिछा गर्दै तत्कालै नियन्त्रणमा लिएपछि घटनाको रहस्य खुलेको हो ।
उनीहरुले नाबालिगलाई सुरुमा ललाइ–फकाई गर्दै झुक्यानमा पारेका थिए त्यसपछि डरत्रास देखाइग ८ प ४२८० नम्बरको मोटरसाइकलको बीचमा राखी भाग्न नदिई पोखरा ११ फूलबारी ल्याएका थिए । अभियुक्तहरु पोखरा ११ रानीपौवामा डेरा गरी बस्दै आएका थिए । सोही डेरामा नाबालिगलाई बन्धक बनाइमंगलबार पालैपालो सामूहिक रुपमा करणी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
चेकिङको क्रममा प्रहरीलाई देखेपछि उनीहरु भागे । पोखराबाट तनहुँतर्फ जादैँ थिए । पोखरातर्फ भाग्न खोज्दा प्रहरीले तत्कालै पक्राउ गरेको हो,’ प्रवक्ता शर्माले भने, ‘नाबालिगलाई झुक्यानमा पारी डरत्रास देखाइसामूहिक रुपमा जबरजस्ती करणी गरेको देखिन्छ । १८ गतेबाटै लागूहुनेगरीमुद्दा चलेको छ ।’
उनीहरुविरुद्ध अपहरण वा शरिर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिराखेको शर्माले जानकारी दिए । उनका अनुसार नाबालिगलाई हाल परिवारको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->