बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आर के हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब

आर के हस्पिटालिटीको अन्तराष्ट्रियस्तरको किचन ल्याब


  • ढोरपाटन संवाददाता
  • असार २५ २०८१, सोमबार

पोखरा/ गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पोखराको सिर्जनाचोकमा संचालित आर के हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ ।

कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यसाथ संस्थाले ल्याब सञ्चालनमा ल्याएको हो । किचन ल्याबको आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गरे । सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताए । केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई ब्यबहारिकतामा उतार्न आग्रह गरे ।

होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले आर के हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताउँदै विद्यार्थीले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा जोड दिए । आर के हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रालिका सञ्चालक तथा प्रशिक्षक आर.के.लामाले देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शत्प्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको दावी गरे । विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उनले यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताए । संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भैसकेको उल्लेख गर्दै उनले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको जना ।

सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको बताउँदै उनले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउदै आएको बताए । ‘कुकिङ एउटा साधारण सिपमात्र होइन, यो एउटा मूल्यवान कला पनि हो’, उनले भने, ‘राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।’ कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँ लगायतले बधाइ तथा शुुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->