बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत


  • ढोरपाटन संवाददाता
  • असार २६ २०८१, मंगलबार

पोखरा/अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार २२ गते गोस्ते सेती किनारमा रहेका करिब ४० घर प्रभावित भएका थिए ।

बाढीले १५ घर परिवार विस्थापित भएको र त्यसमध्ये अतिप्रभावित र विपन्न वर्गका ८ घर परिवारलाई राहत वितरण गरिएको समाजका पूर्वअध्यक्ष सुन्दर बुढामगरले जानकारी दिए । उनका अनुसार बाढी पीडितलाई चामल, दाल, तेल, नुनलगायत सहयोग गरिएको हो । ‘नदी किनारमा रहेका घरहरु निकै जोखिममा थिए । २२ गतेको बाढीले कतिपयको घर पूर्ण रुपमा बगाएको रहेछ । हामी समाजका सदस्यहरु मिलेर उहाँहरुलाई राहत वितरण गरेका छौं,’ बुढामगरले भने । असार १९ गतेदेखि परेको भारी वर्षाले कास्की, पोखरालगायत देशैभरि मानवीय तथा भौतिक क्षति पु¥याएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->