पोखरा/ बचतकर्ताको रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा पोखरा–९ न्यूरोड स्थित विन्दवासिनी वचत तथा ऋण सहकारी संस्था संचालक समितिका २ पूर्वपादाधिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारीका पूर्व संचलक समितिका सचिव पोखरा–१७ बिरौटाका ४६ वर्षीय किरण कपाली र पूर्व लेखा समितिका संयोजक बिरौटाकै ४५ वर्षका बुद्धिसागर ढकाललाई मंगलबार पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए ।

शर्मामका अनुसार दुवैजनालाई मंगलबारै कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ ।





