पोखरा/अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेशनल समूह ५४ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
एम्नेष्टी इन्टरनेशनल समूह ५४ को पूर्वसंयोजक कोमलनाथ कुवँरले सभाको उद्घाटन गरे । कार्यक्रममा समूह ५४ को पूर्वसंयोजकहरु नविनराज बराल अनन्त कोइराला,भानु पराजुली,एम्नेष्टी इन्टरनेशनल समूह ८२ संयोजक नरेश बराललगायतले बोलेका थिए ।
सँयोजक सुरेन्द्र परियारको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहसंयोजकमा विष्णुहरी पन्थीले र संचालन सचिव मीना रानाभाटले गरेकी थिइन् ।





