पोखरा/शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६, बाटुलेचौरद्वारा सञ्चालित शुक्ला बालगौरव पुरस्कार पोखरा–२७, रिठ्ठेपानीकी एञ्जल अधिकारीलाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ ।
त्रिवेणी पब्लिक माध्यमिक विद्यालय लेखनाथ, कक्षा–९ मा अध्ययनरत छात्रा खेलकुदतर्फएथलेटिक्स विधामा क्रियाशील छन् । अधिकारी यसअघि विभिन्न पुरस्कार हात पार्न सफल भएकी छन् ।
प्रतिष्ठानले २०६८ सालदेखि एकलाख रुपैयाँको शुल्ला साहित्य बाल गौरव सम्मान कोष स्थापना गरी बालविकास, बालसाहित्य, बालोत्थान तथा तीक्ष्ण प्रतिभाशाली बालबालिकाको प्रोत्साहनमा प्रत्येक दुई–दुई वर्षमा पुरस्कार अर्पण गर्दै आएको छ ।
प्रतिष्ठानले २११ औं भानु जयन्तीको अवसरमा बृहत् कार्यक्रम आयोजना गरी यही असार २९ गते पुरस्कार अर्पण गरिने कार्यक्तम छ । संस्थाले संचालनमा ल्याएको मदन–चन्द्रा साहित्य समाजसेवा पुरस्कार साहित्यकार तथा समाजसेवी रविन्द्र माकाजूलाई अर्पण गर्ने निर्णय गरिसकेको छ ।





