बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सशस्त्र प्रहरीद्वारा डुवानमा फसेका चार जनाको उद्धार 

सशस्त्र प्रहरीद्वारा डुवानमा फसेका चार जनाको उद्धार 


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

पोखरा/ पोखरा महानगरपालिका–२७ स्थित दिपाङ्ग तालमा रातभरिको झरीका कारण पानीको सतह बढेपछि डुवानमा फसेका एकै परिवारका ४ जनालाई सशस्त्र प्रहरी बल नं . २४ कालिका गण हेडक्वार्टस कास्कीबाट खटिएको बिषेश विपद् उद्धार टोलिले सकुशल उद्धार गरेको छ।गुल्मी स्थायी घर भई हाल सत्यराज ढकालको घरमा भाडामा बस्ने एकै घरका ५४ वर्षीय रामबहादुर अधिकारी, ३९ वर्षीया सृजना अधिकारी, ६ वर्षका आयुष अधिकारी र ४ वर्षकी आयुष्का अधिकारीलाई  डुब्न लागेको अवस्थामा स्थानीयको सूचनाका आधारमा बुधवार विहान ८ बजे उद्धार गरिएको कालिका गणका गणपति एसपी अरुणकुमार शर्माले जानकारी दिए।

त्यसैगरि बुधबार बिहान ४ बजे पोखरा– २७ सहेंलापाटा निवासी वर्ष ५१ का मनबहादुर थापाको ब्लकले बनेको जस्ताले छाएको १ तले कच्ची घरदेखि अन्दाजी २० मिटर माथिबाट पहिरो खसी घर कोठा पुरिन जादा ५० वर्षीया कमला थापालाई डाँडाकोनाक प्रहरी र स्थानियले सकुसल उद्धार गरेको थिए । कमलाका २२ वर्षीय छोरा भीमबहादुर उक्त पहिरोमाा पुरिएकोमा सशस्त्र प्रहरी बल कालिका गण, नेपाली सेना कृष्णदल गण र नेपाल प्रहरीको संयुक्त टोलीले विहान करिव ७ बजे मृत अवस्थामा शव उद्धार गरेको समेत गणपति एसपी शर्माले जानकारी दिएका छन।

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->