बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिन्दवासिनी सहकारी ठगीमा थप एक पक्राउ

बिन्दवासिनी सहकारी ठगीमा थप एक पक्राउ


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८१, बुधबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं. ९ न्यूरोडमा रहेको विन्दवासिनी वचत तथा ऋण सहकारी संस्थामा थिपनक्षेपकर्ताको बचत रकम फिर्ता नगरी सहकारीका रकम हिनामिना, अपचलन एवं ठगी गरेको आरोपमा थप एकजना पदाधिकारी पक्राउ परेका छन । पक्राउ पर्नेमा सहकारी संस्थाका पूर्व लेखा समिति सदस्य पोखरा–१४ औधोगिक क्षेत्र बस्ने ४० वर्षीय हरीप्रसाद अधिकारी रहेका छन ।

फरार सूचीमा रहेका उनलाई बुधवार कास्की प्रहरीबाट खटिएको टोलीले अधिकारीलाई पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराइएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले बताए । बिन्दवासिनी सहकारी ठगी मुद्दामा हालसम्म १७ जना पक्राउ परेका छन । मंगलबारमात्रै २ जना पक्राउ परेका थिए । अझै १४ जना फरार रहेकले खोजतलास भइरहेको उनले बताए ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->