बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध

सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीको अनुरोध


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८१, बिहिबार
तस्विर लुक फगामीकाे फेसबुकबाट

पाेखरा/ मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रका राजमार्ग एवं सडकमा अवरोध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रामा निस्किन नेपाल प्रहरीले अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र हुने अवस्था आएकाले सडकको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणमा अनुरोध गरिएको बताएका छन ।

प्रहरीले आज एक सूचना जारी गरी वर्षापछि विभिन्न स्थानमा आएको बाढी तथा पहिरोले थुपै्र सडक अवरुद्ध भएको, कतिपय स्थानमा भत्किएको र भासिएकाले सडक खुलाउन नसकिएको जनाएकाे छ । वर्षा जारी रहेकाले थप अवरोधको सम्भावना कायमै हुँदा विशेष ख्याल गर्न प्रहरीले सर्वसाधारणमा आग्रह गरेको हो । अवरोध नभएका राजमार्गमा पनि यातायात चापका कारण जाम भइरहेको छ । सकेसम्म यस्तो अवस्थामा पनि यात्रा नगर्न र यात्रा गरिहाले पनि जानकारी लिएर मात्रै निस्किन प्रहरीले भनेको छ । सूचनामा भनिएको छ, ‘मनसुन र अविरल वर्षाका कारण बाढी र पहिराले विभिन्न स्थानमा सडक अवरुद्ध रहेको र सम्बद्ध अन्य निकायको सहयोगमा प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेकाले लामो यात्रामा निस्किनुपूर्व नजिकका प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध छ ।’ सम्पर्कका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०४ र प्रहरी गुनासाका लागि १११३ नम्बरमा सम्पर्क गर्न सूचनामार्फत अनुरोध गरिएको छ ।

आजदेखि तीन दिन देशभर मौसम बदली भई ठाउँठाउँमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गरेकाले विशेष सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->