बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मनसुनजन्य विपद्प्रति मुख्यमन्त्री पाण्डेद्वारा दुख ब्यक्त

मनसुनजन्य विपद्प्रति मुख्यमन्त्री पाण्डेद्वारा दुख ब्यक्त


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैको मनसुनजन्य विपद्का कारण पीडित भएकोप्रति दुख ब्यक्त गर्दै तीन वटै तहका सरकारहरुले आवश्यक समन्वय र व्यवस्थित योजनासाथ सम्पूर्ण रुपले ध्यान केन्द्रीत गरी थप मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न सबैसँग आग्रह गरेका छन । सम्पर्कविहिनको खोजी तीव्र बनाउन, पीडित परिवारलाई राहत उपलब्ध गराउन, बसौवासको व्यवस्था मिलाउन र घाइतेहरुलाई सम्पूर्ण उपचारको व्यवस्था गरी प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न गण्डकी प्रदेश सरकार प्रतिवद्ध रहेको भन्दै यस कार्यको लागि सम्बद्ध सवै निकायहरुलाई निर्देशन समेत उनले गरेका छन ।

केही दिनयताको अविरल वर्षाका कारण आएको बाढीपहिरो लगायतका प्राकृतिक विपदमा परी दर्जनौ नागरिकले ज्यान गुमाएका, केही घाइते भएका, केही बेपत्ता भएका, कतिपय विस्थापित भएको, खेतीयोग्य जमीन पुरिएको र देशभरकै सडक सञ्जाल अवरुद्ध भएर यात्रुहरु अलपत्र परेका भन्दै उनले यसबाट उत्पन्न परिस्थितिले नागरिकको जनजीवन कष्टकर भएको प्रति गण्डकी प्रदेश सरकार गहिरो दुःख व्यक्त गरेका छन । मुख्यमन्त्री पाण्डेले शुक्रबार बिज्ञप्तिमार्फत प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई थप व्यबस्थित र प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले प्रदेश विपद् व्यवस्थापन कोषको व्यवस्थापन गरेको जनाएका छन । कोषमा न्यूनतम् १० करोड मौज्दातमा नघट्ने गरि बजेट व्यवस्थापन गरिएको र जिल्लास्तरमा न्यूनतम १० लाखमा नघट्ने गरी जिल्ला विपद् व्यवस्थापन कोषमा बजेट व्यवस्था गरिएको उनले जनाएका छन । प्रदेश गोदाम घरमा विपद् राहत सामाग्रीहरुको व्यवस्था गरिएको र यसले विपद् प्रभावितहरुको न्यूनतम मानवीय जीवनयापनमा सहायता गर्ने आफ्नो अपेक्षा रहेको भन्दै उनले विपद्मा परेका व्यक्ति वा तिनको परिवारलाई तत्काल रहात सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुबाट नै उपलब्ध हुने प्रवन्ध गरिएको उल्लेख गरेका छन । ‘

‘प्राकृतिक प्रकोपमा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु। साथै, घाइतेहरुको शीघ स्वास्थ्यलाभको कामना गर्दछु ।’ उनले विज्ञप्तिमा भनेका छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->