पोखरा/पोखरा महानगरपालिका १ जौबारीमा निर्मित गणेश मन्दिरको उद्घाटन गरिएको छ । नेपाल मालिका परोपकार संघ कास्कीको प्रयासमा उक्त मन्दिर र हवन कुण्ड निर्माण गरोएको हो ।
मन्दिरको मिलन डिजि इन्टरनेशनल प्रा. लि.का अध्यक्ष तथा मिलन फाउन्डेसन नेपालका अध्यक्ष वरिष्ठ समाजसेवी दुर्गा मिलन घोतानेले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै गुरुङले धर्म संस्कृतीको संरक्षण साथै सामाजिक क्षेत्रमा मिलन फाउन्डेसनले गरेको सहयोगले समाजमा सकारात्मक परिवर्तन भएको बताए । कार्यक्रममा बोल्दै मिलन फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष देबी गुरुङले मिलन फाउन्डेसनले शिक्षा, स्वास्थ्य, खेलकुद र संस्कृतिको क्षेत्रमा उल्लेख योगदान गरेको बताइन् ।
मन्दिर र हवन कुण्ड निर्माणका लागि मिलन फाउन्डेसनका संस्थापक अध्यक्ष दुर्गा गुरुङले १ लाख सहयोग गरेका थिए । साथै, मन्दिर निर्माणमा लागि विभिन्न दाताहरुले सहयोग गरेको मन्दिरका कोषाध्यक्ष सबिना गर्बुजाले जानकारी दिए । उनका अनुसार मन्दिर निर्माणमा ९ लाख ३८ हजार खर्च भएको थियो । दाताबाट ९ लाख ३९ हजार संकलन भई सोही रकमबाट मन्दिर निर्माण गरिएको हो ।
कार्यक्रममा मन्दिरका अध्यक्ष नर बहादुर गुरुङ ज्यङ्गोले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए ।
सो अवसरमा मन्दिर निर्माणमा सहयोग पुर्याउने सहयोगदातालाई सम्मान गरिएको थियो । कार्यक्रममा मिलन फाउन्डेसन नेपालका कोषाध्यक्ष जीवन मल्ल, सदस्य तथा प्रचार संयोजक मनिलाल गुरुङ लगायतको सहभागिता थियो । कार्यक्रममा नर बहादुर गुरुङको अध्यक्षता, नरमाया गुरुङको स्वागत र टेकबहादुर पुनको संचालन रहेको थियो । मन्दिरको मंगलबार वैदिक बिधिद्वारा प्राण प्रतिष्ठा गरिसर्वसाधारणका लागि खुला गरिएको थियो ।





