बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

मणिपालमा ७२ शैय्याको अत्याधुनकि सघन कक्ष

मणिपालमा ७२ शैय्याको अत्याधुनकि सघन कक्ष


  • ढोरपाटन संवाददाता
  • असार २९ २०८१, शुक्रबार

पोखरा/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालकै सबै भन्दा धेरै सघन उपचार कक्ष ९आइसियु० भएको अस्पताल बनेको छ । शुक्रबार ७२ वटा सुविधा सम्पन्न बहुआयमिक लेबल ३ को आईसियु कक्षको उद्घाटन भएपछि मणिपाल क्रिटिकल केयरमा नेपाल कै ठुलो अस्पताल बनेको हो ।

यसअघि विभिन्न वार्डहरुमा गरि अस्पतालमा सघन उपचारका लागि ९४ वेड थिए । शुक्रबारदेखि ७२ शैय्या थपिएपछि आईसियू बेड १६६ पुगेको छ । नयाँ आईसियु कक्ष मल्टिडिसिपिनरी रहेको र यसमा २ वटा नेगेटिभ प्रेसर आइशोलेशन आइसियु क्याविन र ३ वटा प्राइभेट आइसियु क्याविन समेत छन् । नेगेटिभ प्रेसर आइशोलेशन आइसियु क्याविनमा द्रुतगतिमा सर्ने बिरामीको उपचार गरिन्छ । यो क्याविनबाट अन्य बिरामीलाई रोग सर्ने सम्भावना रहदैन् ।

गण्डकीका बिरामीलाई सुविधा सम्पन्न सघन उपचार कक्षका लागि काठमाडौं वा देश बाहिर जानुपर्ने अवस्थाको अन्त्यका लागि आईसियू कक्ष निर्माण गरिएको मणिपाल शिक्षण अस्पतालका अध्यक्ष आनन्दराज बतासले बताए । बिगतमा कोभिड १९ लगायत महामारीमा आईसियु बेड नपाएपछि बाहिर जानुपर्ने अवस्था आएको भन्दै उनले अव भने त्यस्तो अवस्था नरहने बताए ।

आइसियु कक्षको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्दै पुण्यकाममा सरिक हुन पाएको भन्दै खुशी व्यक्त गरे । ‘आजको दिनले गण्डकी प्रदेशमा स्वास्थ्यको क्षेत्रमा फड्को मारेको छ’ उनले भने, ‘गण्डकीका जिल्लाबाट मात्र होइन, काठमाडौंलगायत अन्य क्षेत्रबाट पनि मणिपाल आउने वातावरण बन्दै गएको छ ।’ उनले मणिपाल बल्ल अस्पताल जस्तो देखिएको भन्दै उपचार अघि कति पैसा छ नभनि उपचार गर्न आग्रह गरे । मुख्यमन्त्री पाण्डेले मृगौलाका बिरामीका लागि डाइलाइसिस सेवा बिस्तार गरि प्रदेश सरकारको डाइलाइसिस सेवा प्राप्त नगर्नेको बिरामी संख्या शुन्यमा झार्ने अभियानलाई सघाउन अनुरोध गरे ।

oplus_2

सुविधासम्पन्न सुविधा सम्पन्न यो आइसियु कक्षमा एक जना बिरामीका लागि एक जना नर्ससहित विशेषज्ञ डाक्टरहरुको टिम नै सकृय रहने मणिपाल अस्पतालका प्रवन्ध निर्देशक डा‍‌‍क्टर अभिषेक मास्केले बताए । मास्केका अनुसार आइसियुमा उपचार गर्नु पर्ने एउटै बिरामी धेरै प्रकारका रोगबाट संक्रमित हुन सक्ने भएकाले धेरै विशेषज्ञले एकै चोटी सल्लाह गरेर उपचार गर्दा बिरामी छिटो निको हुन सक्छ ।

अस्पतालका अध्यक्ष बतासले हाल ११ वटा डाइलाइसिस मेशिन रहेको जानकारी दिँदै ३ महिनाभित्र थप १० वटा थपिने योजना सुनाए । साथै बतासले प्रयोगशालालाई अन्तराष्ट्रियस्तरको बनाइने, क्यान्सरको परीक्षण र उपचार गर्ने र पोखरालाई स्वास्थ्यको हब बनाउने योजना सुनाए । साथै वेलनेस सेन्टरमार्फत विश्वस्तरको सेवा दिइने र मोबाइल हस्पिटल बस संचालनमा ल्याई गाउँगाउँमा निशुल्क सेवा उपलब्ध गराउने योजना रहेको पनि उनले जनाए ।

गण्डकी प्रदेशका सामाजिक बिकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले हस्पिटललाई थप सेवा बिस्तारकालागि आग्रह गर्दै आवश्यक सहयोगको प्रतिबद्दता व्यक्त गरे । मणिपाल अस्पतालका प्राध्यापक डाक्टर सिपी आचार्यले यसअघि सुविधा सम्पन्न आइसियुको अभावमा क्रिटिकल बिरामीलाई काठमाण्डु रेफर गर्न परेको सुनाउदै अबबाट त्यो समस्या हटेको दावी गरे । अस्पतालमा भेन्टिलेटरको संख्या नै ३४ पुगेको छ ।

कोभिड महामारीताका भेन्टिलेटर कै अभावमा कैयौंले ज्यान गुमाउनु परेको पिडा महसुस गरेर सघन उपचार कक्षमा प्रयाप्त भेन्टिलेटरको व्यवस्था गरेको अस्पतालका निर्देशक नारायण पौडेलले बताए । अस्पतालका सिइयो अनिल ओडुभिलले अस्पतालको हालको अवस्थाबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->