पोखरा/ माछा मार्ने क्रममा करेन्ट लागेर पोखरा महानगरपालिका- ३१ किमबेंशिका २५ वर्शिय बिष्णु थापामगरको मृत्यु भएको छ ।
प्रहरीका अनुसार थापामगर शुक्रबार अपरान्ह साढे ५ बजे पोखरा- ३० खुदिखोलामा माछा मार्न गएका थिए । ब्याट्रीबाट करेन्ट लगाइ माछा मार्ने क्रममा उनलाइ नै करेन्ट लागेर घाइते भएका थिए । घाइते थापामगरलाई तत्कालै उपचारका लागि सरुवा तथा संक्रामक रोग अस्पताल शिशुवा लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।





