बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ज्येष्ठ नागरिक सम्मानित

ज्येष्ठ नागरिक सम्मानित


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा/पोखराको बाटुलेचौरमा रहेका ज्येष्ठ नागरिक सम्मानित भएका छन्। मैदान टोल विकास संस्थाले शनिबार एक कार्यक्रमका बीच टोल भित्रका ८० वर्षमाथिका ९ जनालाई सम्मान गरेको हो। साहित्यकार नरहरि भट्टराई, चोकवहादुर थापा, बालकुमारी श्रेष्ठ, टुल्की श्रेष्ठ, गणेशवहादुर वस्नेत, तिलकुमारी श्रेष्ठ, गोमा वस्नेत, स्यानी श्रेष्ठ र खड्ककुमारी थापालाई कार्यक्रमका प्रमुख अतिथि हिमालय क्लबका अध्यक्ष सुशील बस्नेत, सल्लाहकार कुमार श्रेष्ठ, बलवहादुर थापा, शिवराज देवकोटा, कालिका मन्दिरका पुजारी नारायणप्रसाद देवकोटा लगायतले सम्मान पत्र सहित सल ओढाएर सम्मान गरे। क्लबका अध्यक्ष बस्नेतले ज्येष्ठ नागरिक समाजका दर्पण भएको बताउँदै, उनीहरूको सम्मान र सेवा गर्नु समाजको दायित्व भएको बताए।

संस्थाका अध्यक्ष मोहनवहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित जेष्ठ नागरिक साहित्यकार नरहरि शर्मा भट्टराई, क्लबका पूर्व अध्यक्ष जिवनारायण श्रेष्ठ, अमला बिसौनी धोविनी पाटन टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापा, सचिव मनु बस्नेत लगायतले संस्थाले गरेको कार्य अनुकरणीय रहेको बताए । संस्थाका अध्यक्ष थापाले ज्येष्ठ जेष्ठ नागरिक प्रतिको सम्मानलाई निरन्तरता दिँईने प्रतिवद्धता जनाए। कार्यक्रमको संचालन सचिव मनु बस्नेतले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->