बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन

पोखरा १३ द्वारा वडा प्रोफाइल प्रकाशन


  • ढोरपाटन संवाददाता
  • असार ३० २०८१, शनिबार

पोखरा/पोखरा महानगरपालिका वडा नं. १३ ले समग्र वडाको वस्तुस्थिति विवरण एकीकृत गरी वडा प्रोफाइल प्रकाशन गरेको छ । सो प्रोफाइल वडा अध्यक्ष किरण बराल लगायत जनप्रतिनिधिहरूले १५ औँ नगर सभाको अवसरमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मन्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापालाई उपलब्ध गराएका छन ।

जनसाङ्ख्यिक विवरण, भौगोलिक अवस्थिति, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, मानव संसाधन, भौतिक विकास तथा पूर्वाधार, आर्थिक विकास, वन वातावरण तथा भू संरक्षण, सामाजिक सङ्घसंस्था, धार्मिक अवस्थिति, सांस्कृतिक पहिचान, पर्यटन तथा खेलकुद लगायत समग्र वडाको चिनारीका रूपमा प्रोफाइल तयार गरिएको वडा अध्यक्ष किरण बरालले बताए ।

वडा प्रोफाइलको आधारमा विकास निर्माणका योजनाहरू तय गर्न र वडाको समृद्धिमा थप कदमहरू चाल्न सहयोग पुग्ने उनको विश्वास छ । योजनाहरू बनाउन त्यसका लागि तथ्यगत विवरण आवश्यक पर्ने भएकाले वडा प्रोफाइल त्यसको प्रमुख स्रोतका रूपमा रहने उनले बताए ।

नगरप्रमुख धनराज आचार्यले वडा १३ ले जस्तै अन्य वडाहरूले पनि यस प्रकारका प्रकाशनहरू गर्न जरुरी रहेको बताए । यसले स्वयम वडाको वास्तविकताको उजागर गर्ने भएकाले विकास कार्यक्रमहरूको प्राथामिकीकरणमा समेत महत्त्वपूर्ण सहयोग पुग्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->