बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

लायन्सको वृक्षारोपण

लायन्सको वृक्षारोपण


  • ढोरपाटन संवाददाता
  • असार ३१ २०८१, आइतबार

पोखरा/लायन्स क्लव अन्तर्राष्ट्रिय, डिस्ट्रिक्ट ३२५ एम, ट्री प्लान्टेसन डिपार्टमेन्टको आयोजनामा बृहत वृक्षरोपण तथा गोडमेल कार्यक्रम राष्ट्रिय बिभुति तथा शहीद पार्क, पोखरा १८ जामुनबोटमा सम्पन्न भएको छ ।
डिस्ट्रिक्ट ३२५ एम, जीएसटी कोर्डीनेटर एमजेएफ लायन्स जगन्नाथ तिमिल्सिनाको संयोजकत्वमा भएको वृक्षरोपणमा एभोकाडऱ्ो ३० वटा, बेलाउती ३० वटा, धूपी ४० वटा, फूलहरुका विरुवा ३० र अन्य विरुवा २० गरी १५० विरुवा रोपिएको हो ।
कार्यक्रममा २ ट्रक प्राङ्गारिक मल, २० वोरा जुतो र कुखुराको मल बिरुवामा राखी वृक्षारोपण तथा गोडमेल गर्नुको साथै राष्ट्रिय विभूति तथा शहीद पार्कमा सरसफाई प्रयोजनार्थ झारपात काट्ने कृषि औजार राष्ट्रिय विभूति तथा शहीद पार्क व्यवस्थापन समितिका अध्यक्ष श्री रत बहादुर थापालाई हस्तान्तरण गरिएको वृक्षरोपण विभाग संयोजक रामप्रसाद तिमिल्सिनाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->