बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरा महानगरपालिकाद्वारा किसानलाई प्रोत्साहन रकम

पोखरा महानगरपालिकाद्वारा किसानलाई प्रोत्साहन रकम


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

पोखरा/पोखरा महानगरपालिकाले चैते धान लगाउने किसानलाई प्रोत्साहन रकम प्रदान गरेको छ । महानगरको वडा नं.२६ र २७ का २ सय २६ जना किसानलाई नगद ६ लाख ८१ हजार ३ सय बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो । उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरेका हुन ।

उक्त अवसरमा प्रमुख आचार्यले कृषिलाई पोखरा महानगरपालिकाले प्राथमिकतामा राखेको बताए । साथै कृषिको यान्त्रीकरण तथा व्यवसायीकरण, उत्पादकत्व वृद्धि, बाँझो जमिनमा खेतीपाती, विभिन्न बालीहरूको क्लष्टरमा खेती, वडास्तरमा पकेट कार्यक्रमहरू, कृषक सम्मान तथा प्रोत्साहन, अुनदात र साझेदारी लगायतका कार्यक्रममार्फत महानगरको कृषि प्रवर्द्धन गरिएको उनको भनाई थियो ।

कृषि उपजको बजारीकरणका लागिसमेत महानगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गरेको उनले बताए । निर्वाहमुखी कृषिलाई बिस्तारै व्यवसायीकरणका लागि कृषकहरूसँग महानगरपालिकाले विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उनले उल्लेख गरे । पछिल्लो समय पोखरामा चैते धानको उत्पादन राम्रो भएको जनाउँदै उनले यसप्रति कृषकहरूको आकर्षण समेत बढिरहेको बताए । कृषकहरूलाई प्रदान गरिएको प्रोत्साहन रकमले उनीहरूलाई थप हौसला मिल्ने उनको विश्वास थियो ।

पोखरा महानगरपालिका आर्थिक विकास समितिका संयोजक बोधबहादुर कार्कीले कृषकहरूको हौसला अभिवृद्धि गर्दै उद्यमशीलता प्रवर्द्धनका लागि महानगरपालिका प्रतिबद्ध रहेको जनाए । वडा नम्बर २७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले महानगरपालिका कृषकहरूको साथैमा रहेको बताए । यस वर्ष पोखरा महानगरपालिका वडा नम्बर २६ मा ४३९ रोपनी र वडा नं. २७ मा ३१८ रोपनी गरी ७५७ रोपनी क्षेत्रफलमा चैते धान लगाइएको छ । वडा २६ का १२३ कृषकलाई ३ लाख ९५ हजार १ सय र वडा २७ का १०३ कृषकहरूलाई २ लाख ८६ हजार २ सय रुपैयाँ प्रोत्साहन प्रदान गरिएको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले जनाए । उनका अनुसार महानगर क्षेत्रको करिब १ सय हेक्टर क्षेत्रफलमा ५ सय मेट्रिक टन चैते धान उत्पादन हुने अनुमान गरिएको छ । कार्यक्रममा विभिन्न संघसंस्थाहरुलाई सम्मान गरिएको छ भने, सूचिकृत व्यवसायीक कृषकहरूलाई किसान परिचय पत्र समेत प्रदान गरिएको छ ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->