बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

१२९ जना भगौडा दोषी पक्राउ

१२९ जना भगौडा दोषी पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

पोखरा/कास्की प्रहरीले असारको महिनामा मुद्दाको फैसला भएका तर जरिवाना तथा कैद सजाय भुक्तान नगरेका १२९ जनालाई पक्राउ गरेको छ ।
अदालतको फैसला कार्यान्वयन गर्नेक्रममा पक्राउ गरेकामध्ये ३३ जना चेक अनादर, ६ जना बैंकिङ कसुर, एकजना घरेलु हिंसा, ६ जना नकावजन्य चोरी, ४ जना अभ्रद व्यवहार, एक जना ज्यान मार्ने उद्योग, १८ जना सम्बन्ध विच्छेद, ४ जना लेनदेन मुद्दामा दोषी ठहर भएको कास्की प्रहरीले जनाएको छ ।
ती व्यक्तिहरुबाट २ करोड ९० लाख ३ हजार ७८३ जरिवाना असुल उपर गर्नुपर्ने तथा कुल ९ वर्ष ७ महिना १० दिन कैद सजाय पनि दिलाउनुपर्ने भएकोले अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->