पोखरा/ रोटरी डिष्ट्रिक ३२९२ को महिला नेतृत्वको सफलतापूर्वक हस्तान्तरण भएको छ । काठमाण्डौंमा सम्पन्न भएको एउटा कार्यक्रममा रोटरी बर्ष २०२३‐२४ का महिला नेतृत्वका संयोजक हेमाकुमारी अधिकारीले बर्ष २०२४‐२५ का संयोजक डा. सुनिती आचार्यलाई पद हस्तान्तरण गरेकी हुन ।
अधिकारीले गत वर्ष महिला सशक्तिरणको लागि दर्जन भन्दाबढि कार्यक्रमहरु आयोजना गरेको जानकारी दिइन । जसमध्ये, महिलालाई उत्प्रेरणा प्रदान गर्नको लागि बिभिन्न सफल महिलाहरुको सफलताको कथा सुनाउने कार्यक्रम आयोजना गरिएको थियो भने समाजमा राम्रो काम गर्ने महिलाहरुलाई हौसला दिनको लागि अभिनन्दन पनि गरिएको थियो ।
महिलाहरुको सशक्तिकरणलाई प्राथमिता दिंदै बिभिन्न बिज्ञहरुसंग अन्तक्रिया गरेर सल्लाह सुझाव दिने र लिने कार्यक्रम आयोजना पनि गत वर्ष गरिएको र स्वास्थ नै धन हो भन्ने नारा लिएर महिलालाई बिभिन्न खालका स्वास्थ शिक्षा आयोजनाको साथै बदलिंदो समयमा नारीत्वलाई फरक ढंगले बुझ्नुपर्ने उदेश्य लिएर अन्तक्रिया कार्यक्रम आयोजना गरिएको थियो । त्यसैगरी, महिलाको नेतृत्व विकास गरी उद्यमशिलाताको विकास गर्नको लागि सम्भावित चुनौति र अवसरहरुको बारेमा समेत अन्तक्रिया कार्यक्रको आयोजनाको गरिएको थियो भने देशको आर्थिक विकासको लागि महिलाहरुको भूमिका सम्बन्धमा अन्र्तक्रिया कार्यक्रमहरु पनि आयोजना गरिएका थिए ।
संयोजक हेमा कुमारी अधिकारीले गत बर्ष आयोजना गरिएका कार्यक्रमहरुमा देशको बिभिन्न निकायमा नेतृत्व गरिसक्नुभएका बिज्ञहरु पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, सांसद डा. स्वर्णिम वाग्ले, पूर्व सचिब डा. शंकर कोईराला, नेपालको पहिलो महिला डिष्ट्रिक गर्भनर जया राज्यलक्ष्मि शाह, महिलावादी वक्ताहरु लिली थापा, सरु जोशी लगायत अन्य बिभिन्न बिशिष्ट महानुभावहरुले कार्यक्रममा उपस्थित भई सल्लाह, सुझाव दिएर महिलालाई नेतृत्व लिनको लागि उत्प्रेरित गर्नुभएको ब्यहोरा जानकारी गराएकी थिइन ।





