पोखरा/आन्तरिक राजस्व कार्याल्य पोखराले आर्थिक वर्ष २०८० ०८१ मा ५ अर्ब ५७ करोड ५५ लाख राजस्व संकलन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ७ प्रतिशतले बढी हो । तर निर्धारित राजस्व संकलनको वार्षिक लक्ष्य भने ६ अर्ब ३९ करोड ४७ लाख थियो । लक्ष्यको ८७ दशमवल १९ प्रतिशतमात्रै राजस्व संकलन गर्न कार्यालय सफल भएको छ ।
कार्यालयले आर्थिक वर्ष २०७९ ०८० मा को भन्दा ३४ करोड ९५ लाख रुपैयाँ बढी राजस्व संकलन गरेको हो । उक्त वर्ष कार्यालयले ५ अर्ब २२ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । । कार्यालयले गत आवमा आयकरतर्फ ३ अर्ब ६६ करोड ८७ लाख, मुल्य अभिबृद्धि (भ्याट) करतर्फ १ अर्ब ठघ करोड ३६ लाख र अन्तः शुल्क तर्फ ज्ञट करोड ६७ लाख राजस्व संकलन गरेको कार्यालयका सूचना अधिकारी गोपाल गिरीले बताए । कार्यालयको कार्यक्षेत्र कास्की र स्याङ्जा जिल्लाका सबै स्थानीय तह हुन ।






