बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पौडी खेल्दा डुबेर मृत्यु

पौडी खेल्दा डुबेर मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन १ २०८१, मंगलबार

पोखरा/ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका घर भई हाल पोखरा– ८ नागढुंगास्थित ससुरालीको घरमा बस्दै आएका २८ वर्षीय सन्तोष सिंखडाको पौडी खेल्ने क्रममा डुबेर मंगलबार मृत्यु भएको छ ।

मंगलबार दिउँसो २ बजेको समयमा सिंखडा पोखरा–२३ घाँटीछिनास्थित फेवातालको मुख्य स्रोत हर्पनखोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । घटनाबारे थाहा पाउनसाथ वडा प्रहरी कार्यालय बैदाम र सशस्त्र प्रहरी बल नं. २४ हेडक्वार्टर कालिका गण मालेपाटनबाट बाट उद्दार टोली खटेर उनलाई सबा ३ बजेतिर मृत अवस्थामा फेला पारी शवको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा पठाईएको छ ।

खोलाले बगाउँदा घाइते
यसैबीच कास्कीको अन्नपूर्ण गाउँपालिका–८ बिरेठाँटीस्थित मोदी खोलाले बगाउँदा सोलुखुम्बु घर भई हाल कास्कीको घान्द्रुकमा ज्यामी काम गरी बस्ने ६० वर्षका शरण राई घाइते भएका छन । मंगलबार अपरान्ह ५ बजेको समयमा खोलाले बगाएका उनलाई प्रहरी चौकी बिरेठाँटीबाट खटीएको प्रहरी टोलीले सकुसल उद्दार गरी उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्ययम छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->