पोखरा/हाम्रो गन्तव्य बहुउद्धेश्यीय सहकारी सस्था स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा लागेको अवसरमा विविध कार्यक्रम गरी शनिवार स्थापना दिवस मनाइएको छ ।
उक्त अवसरमा सस्थाबाट संरक्षित पोखरा १८ स्थित पार्कमा भएका बिरुवा गोडमेल एवं मलजलको काम सम्पन्न गरेको हो । सहकारीका सदस्यहरुले स्थापना दिवसको अवसरमा आफुले रोपेका विरुवा संरक्षणको लागी हरेक वर्ष दुइ पटक गोडमेल समेत गर्दै आएका थिए ।
संस्थाले आफ्नो स्थापनाको अवसरमा पार्कमा ४ फिटको बुद्वको मुर्ति राख्नको लागी शिलन्याससमेत गरेको छ । संस्थाको कोषाध्यक्ष शरण शाक्यको संयोजकत्वमा बुद्वको मुर्ती व्यवस्थापन उपसमिती गठन गरीएको छ । ६० दिन भित्र बुद्वको प्रतिमा स्थापना गर्ने गरी काम अगाडी बढाइएको सहकारीका अध्यक्ष विष्णुहरी तिमिल्सिनाले जानकारी दिए ।
सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा २१ वटा ठुलो धुपीको बिरुवा सार्ने काम पनि सम्पन्न गरेको छ । कार्यक्रममा सहकारीका अध्यक्ष विष्णुहरी तिमिल्सिना, सल्लाहकार रामप्रसाद तिमिल्सिना, सन्तोष शर्मा, सचिव बिभिशण तिमिल्सिना, कोषाध्यक्ष शरण शाक्य, व्यवस्थापक सुन्दर कोइराला लगाएत अन्य शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।





