बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको अनुरोध

डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको अनुरोध


  • ढोरपाटन संवाददाता
  • साउन २ २०८१, बुधबार

पोखरा / प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट शुभकामना दिन अनुरोध गरेका छन् । उनले बुधवार विहान सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै समयको बचतका लागि त्यसो गर्न अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई खादा पनि प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् ।

‘विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्, प्रत्यक्ष भेटेरभन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरूको समयको पनि बचत हुन्छ, शुभेच्छुक सबैलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन र भेटमा पनि खादामाला प्रयोग नगर्न अनुरोध गर्छु,’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन् । ओली असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

K P Sharma Oli
शुभ प्रभात !!
विभिन्न माध्यमबाट शुभकामना र बधाईका सन्देश आइरहेका छन्। प्रत्यक्ष भेटेर भन्दा डिजिटल माध्यमबाट शुभकामना, बधाई दिँदा साथीहरुको समयको पनि बचत हुन्छ। शुभेच्छुक सबैलाई सकेसम्म म्यासेन्जरबाट सन्देश पठाउन र भेटमा पनि खादा/माला प्रयोग नगर्न अनुरोध गर्छु।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->