पोखरा/युुनाइटेड क्लब पोखराले पोखरा बहुमुखी क्याम्पसमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । क्लबले क्याम्पसमा अध्ययनरत जेहेन्दार तथा विपन्न विद्यार्थीहरुलाई लक्षित गरी एक लाखको अक्षयकोष स्थापना गरेको हो ।
अक्षयकोषका लागि क्लवका अध्यक्ष राजु श्रेष्ठ, क्लवका शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतले पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्र लालचन, क्याम्पस प्रमुख शिशुकला पराजुली, क्याम्पस आइक्यूएसी प्रमुख महेन्द्रप्रसाद रिमाललाई चेक हस्तान्तरण गरिएको हो ।
सो अवसरमा बोल्दै पोखरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नरेन्द्र लालचन तथा क्याम्पसका प्रमुख शिशुकला पराजुलीले युनाइटेड क्लबप्रति आभार व्यक्त गरे ।
क्याम्पस आइक्यूसी प्रमुख महेन्द्रप्रसाद रिमालले आगामी मंसिर १६ गते क्याम्पसको वार्षिकोत्सवको अवसरमा अक्षयकोषबाट जेहेन्दार तथा विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरिने जनाए ।
सो अवसरमा वोल्दै क्याम्पसमा अध्ययनरत छात्रा अस्मिता ठकुरीले छात्रवृत्तिले विद्यार्थीहरुलाई उत्साहित बनाएको बताइन् ।
क्लबका अध्यक्ष राजु श्रेष्ठले युनाइटेड क्लबले स्थापना कालदेखी हाल सम्म आइपुुग्दा एक दर्जन वढी विद्यालयहरुमा अक्षयकोष स्थापना गरिसकेको वताए । कार्यक्रममान
क्लवका पूर्वअध्यक्ष सुकबहादुर गुरुङ, महासचिव दीनेतश सुनार , क्लबका कोषाध्यक्ष सूर्यबहादुर बानियाँ, क्लबका कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य, शिक्षा उपसमिति संयोजक गणेश तिमिल्सिनालगायतको उपस्थिति रहेको थियो ।





