बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुल्झियो नागढुंगाको होटलमा महिला हत्याकाण्ड

सुल्झियो नागढुंगाको होटलमा महिला हत्याकाण्ड


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

पोखरा/गत मंसिर ५ गते पोखरा ९ नागढुंगामा रहेको युनिक होटलमा एक महिलाको शव भेटियो । शव हेरेपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या भएको निश्कर्ष निकाल्यो ।
तनहुँ भिमादकी ३८ वर्षीया सुकु विक उक्त होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । सुकुको हत्याको आरोपमा बाग्लुङ घर भएका सञ्जय बिक चितवनबाट पक्राउ परेका छन् । उनी प्रकाउ परेको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी तथा प्रवत्ता वसन्तकुमार शर्माले पुष्टि गरे । मृत भेटिएको होटल नजिकैको शिला रेष्टुराँमा काम गर्थिन् ।
घाँटी अँठ्याएर हत्या !
५ गते साँझ ६ बजेर ५० मिनेटतिर उनै सुकु एक पुरुषसहित युनिक होटलमा पुग्छिन् । होटलमा पुगेर रुम बुक गरी एउटा बियर मगाउँछन् । उक्त कुरा होटल संचालकले प्रहरीलाई बयान दिएका छन् ।
सुकुसँग होटलमा गएका पुरुषले निलो रंङको हुट, टोपी र माक्स लगाएका थिए । तर, होटलमा सिसिटिभी जडान नभएको कारण प्रहरीले बलियो प्रमाण पाउँन भने सकेन । नियम अनुसार सबै होटलमा पाहुँनाको नाम लेख्नुपर्ने भएतापनि उक्त होटलमा महिला र पुरुष दुवै जनाको नाम लेखिएको थिएन । सोही कारण पनि प्रहरीलाइ अनुसन्धान गर्न गाह्रो भयो । यता, प्रहरीले निगरानीमा राखेको सञ्जय भारत भागे । केहीअघि प्रहरीले फलो गर्दा उनी पोखराबाट मोबाइल अफ गरे । त्यसको २ दिनपटि नेपाल र भारतको बोर्डरमा गएर उनले मोबाइल अफ गरेको देखियो । घटनाको पोष्टमार्टम रिपोर्टले सुकुको घाँटीको हाड भाँच्चिएको देखाएको प्रहरी स्रोतले बतायो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले होटल संचालकहरु र अन्य केहीलाइ नियन्त्रणमा लिए पनि उनीहरु दोषी नरहेको भन्दै छाडिएको थियोे । बिकले घटना महिलाको हत्या कि आत्महत्या भन्ने नै यकिन नभएको सुनाए । घटनास्थलमा तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालन भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->