बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पहिरोको कारण लेखनाथमा एक घर जोखिममा

पहिरोको कारण लेखनाथमा एक घर जोखिममा


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

पोखरा/पोखरा २९ लेखनाथमा बिहीबार विहान पहिरो जाँदा एक घर जोखिममा परेको छ । ओखले डाँडा न्युरिकुनास्थित भिमबहादुर क्षेत्रीको घरमा पहिरो खस्दा जोखिममा परेको हो ।
घरभन्दा माथिको जग्गामा महानगरको सिफारिस विना डोजर चलाएको कारण उक्त स्थानमा गत असार ४ गते पनि पहिरो खसेको थियो । त्यतिबेला सामान्य पहिरो खसे पनि बिहीबार बिहान परेको पानीका कारण पहिरो खस्दा एक कोठाको भित्तामा क्षति पुगेको छ । डोजर लगाएर सम्म पारिएको जग्गाबाट अझै पहिरो जाने सम्भावना रहेको देखिएको छ ।
‘राती ३–४ बजेतिर पहिरो खसेको हो । घरको एउटा कोठामा बस्न मिल्दैन माथिपट्टिको जमिन फाटेको छ अझै पहिरो जान्छ,’ क्षेत्रीले भने, ‘महानगरको अनुमति विना जग्गा सम्याउँदा हाम्रो घरमा क्षति पुगेको हो । डोजरले माटो पुरेकै ठाउँबाट पहिरो खसेको छ । त्यतिबेला भन्दा विवाद गर्न आउनुभएको थियो ।’ उक्त परिवारलाई तत्काल सुरक्षित स्थानमा लैजान आवश्यक छ । यसअघि पोखरा १९ पोखरा १९ तल्लकोट टारीमा समेत पटक–पटक पहिरो खस्दा सुरक्षित स्थानमा नजादा ठूलो मानवीय क्षति भएको थियो ।
मनसुन सुरुभएपछि कास्कीमा पहिरोका कारण हालसम्म कुल १४ जनाले ज्यान गुमाएका छन् । पहिरोको कारण असार १२ गते पोखरा २७ आरुपाटामा अनमोल सुनार (३वर्ष), मादी ५ मा आयुष्मा रानाभाट (१३वर्ष) को मृत्यु भयो । असार २५ गते पोखरा २७ सहेलीमा भीमबहादुर थापा (२२वर्ष) को मृत्यु भयो ।
यस्तै २९ गते पोखरा १९ तल्लकोट टारीमा पहिरोले घर पुरिदाँ एकै परिवारका ६ सहित सात जनाको मृत्यु भयो । कुलबहादुर परियार (४६ वर्ष), उनको श्रीमती मनकुमारी परियार (४३ वर्ष), आमा लक्ष्मी परियार (८५ वर्ष), छोरी प्रशना परियार (१५ वर्ष), छोरी प्रभा परियार (२० वर्ष), ज्वाईँ अस्मित परियारको (२५ वर्ष) मृत्यु भयो ।
सोही पहिरोमा राधिका परियार (कुलबहदुरको भाउजु) उद्धारको क्रममा लड्दा मृत्यु भयो । पोखरा ३२ मा अनिता ओझा (१८ वर्ष), प्रतिक सुवेदी (९ वर्ष), अनुष्का ओझा (११ वर्ष) को मृत्यु भयो । यस्तै मादी गाउँपालिका ११ मा माइती कुमारी गुरुङ (८० वर्ष) को पहिरोको कारण मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->