बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गण्डकीका मन्त्री थापाद्वारा कास्की कारागारको निरीक्षण

गण्डकीका मन्त्री थापाद्वारा कास्की कारागारको निरीक्षण


  • ढोरपाटन संवाददाता
  • साउन ४ २०८१, शुक्रबार

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले कारागार कार्यालय कास्कीको निरीक्षण गरेका छन् । शुक्रबार कारागारमै पुगेर उनले बिरामी भएका ९२ जना कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा बुझेका हुन् । डेंगी लगायत विभिन्न रोग लागेर बिरामी भएका कैदीबन्दीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिइएको मन्त्री थापाले बताए ।

‘कास्की कारागारको निरीक्षण गर्दा बिरामी भएका ९२ जना कैदीबन्दीहरुको स्वास्थ्यमा विस्तारै सुधार आएको रहेछ । उहाँहरुलाई आवश्यक पर्ने औषधि लगायत पोसिलो आहारको समेत व्यवस्था गरिएको छ,’, उनले भने । मन्त्री थापाले कारागारमा देखिएको खानेपानी लगायत समस्याका विषयमा समेत जानकारी लिएका थिए ।

कारागारमा भएका समस्यालाई समाधान गर्न आफु लाग्ने प्रतिबद्धता समेत उनको छ । कास्की कारागार पहिलेभन्दा व्यवस्थित भएको उनले बताए । ‘कारागार पहिले भन्दा व्यवस्थित रहेछ । सरसफाईमा समेत ध्यान दिएको पाए । आवश्यक सामान बिक्रीमा कारागार भित्र हुने गरेको मुल्यवृद्धिमा समेत ध्यान दिन निर्देशन दिएको छुु’, उनले भने । कैदीबन्दीले प्रेसर, सुगर लगायतको नियमित खाइरहने औषधि निशुल्क उपलब्ध गराउन माग गरेको र त्यस विषयमा स्वास्थ्य मन्त्रालयका सचिवलाई समेत निर्देशन गराइसकिएको उनले बताए । कास्की कारागारमा अहिले ७८३ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->