बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राधाकृष्ण आश्रममा पोशाक वितरण

राधाकृष्ण आश्रममा पोशाक वितरण


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा/लायन्स अन्तर्राष्ट्रिय ३२५ एमअन्तर्गत लायन्स क्लब अफ पोखरा भृकुटीको आयोजनामा पोखरा राधाकृष्ण संस्कृत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको छ ।
क्लवको अध्यक्ष लक्ष्मी पाण्डेको अध्यक्षता एव लायन्स अन्तर्राष्ट्रिय ३२५ एमअन्तर्गत क्लस्टर १ का क्लस्टर प्रमुख लक्ष्मण तिमिल्सिनाको प्रमुख आतिथ्यता भएको सो कार्यक्रममार्फत् विद्यालयमा अध्ययनरत ३१ जना विद्यार्थीलाई पोशाक दिइयो ।
क्लबले बृद्वाश्रम सन्चालनको लागि बीस हजार रुपैया नगद प्रदान गरेको क्लवको प्रथम उपाध्यक्ष सुशिला पराजुलीले जानकारी दिइन् । क्लबकी सदस्य शान्ती भुजेलको जन्मदिनको अवसरमा आश्रममा रहेका बुवाआमाहरुसँग संयुक्त भोजन समेत गरिएको कार्यक्रम संयोजक मल्लिका आचार्यले जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->