बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बोलबम पदयात्रा तयारी पूरा

बोलबम पदयात्रा तयारी पूरा


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा/ केदारेश्वर महादेवमणि सेवाश्रम समिति, बैदाम पोखराको आयोजनामा विगत वर्षझै यसपटक पनि साउने सोमबारका दिन बोलबम पदयात्रा हुने भएको छ । पोखरामा झण्डै साढे दुई दशकदेखि जारी यो कार्यक्रमले यहाँ धार्मिक पर्यटन प्रवद्र्धनमा समेत सघाउ पुग्दै गएको छ ।

‘बोलबमको ध्वनिले, शान्ति पाऊन् साराले’ भन्ने मूलमन्त्रका साथ आयोजना हुने यो कार्यक्रम साउनका चार वटै सोमबार बगर शुक्लागण्डकी गाईघाटस्थित १०८ धारामा स्नान गरेर ८ किमी पैदलयात्रासहित बैदामस्थित केदारेश्वरमा १०८ शिवलिंगमा जलार्पण गरिनेछ । शनिबार पत्रकार सम्मेलनमा विश्वहिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका बोलबम संयोजक शंकर खरालले कार्यक्रमको आवश्यक तयारी पूरा भएको बताए ।
केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश डा. चिद्घन चैतन्यले पोखरा धार्मिक पर्यटनको प्रशस्त अवसर भएको सहर भएको बताए । प्रचार संयोजक दुर्गा अधिकारीले बोलबम पोखराको चिनारीसमेत भएकोले सञ्चारमाध्यमबाट सहयोग गर्नुपर्नेमा जोड दिइन् । कार्यक्रमका लागि विभिन्न उपसमिति गठन गरिएको समिति सचिव ओमनाथ अधिकारीले बताए ।

बोलबम जलयात्रामा नौमती बाजा, भजनकीर्तन, झाँकी प्रस्तुत गरिने छ । मध्याह्न षोडस उपचारसहित विशेष पूजा आराधनादेखि भजन कीर्तन गरिने छ भने सन्ध्याकालीन समयमा विशेष पूजासहित महाआरतीसँगै शिवसाधना हुनेछ । राष्ट्रिय लोकभजन चुड्का संरक्षण प्रतिष्ठान, विश्व हिन्दू महासंघ सांस्कृतिक समूह र विभिन्न भजन समूहद्वारा भजन प्रस्तुति गरिने आयोजकले जनायो । बोलबम प्रचारका लागि शनिबार मोटरसाइकल ¥यालीसमेत भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->