बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीमा निषेधित अबधिमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस

कास्कीमा निषेधित अबधिमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार गर्ने सबारी साधनलाइ कारबाही सिफारिस


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा/नदिजन्य तथा खानीजन्य पदार्थको उत्खनन्, संकलन र बिक्री सम्बन्धि प्रक्रियाको अनुगमन गर्न गठित जिल्ला अनुगमन समिति कास्कीले निषेधित अबधिमा खोला तथा नदीमा गएर नदीजन्य पदार्थ उत्खनन् र ओसार पसार गर्ने सबारी साधनलाइ कारबाहीको लागि सिफारिस गरेको छ ।

समितिको शुक्रबार बसेको बैठकले ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधन सहितको मापदण्ड २०७७ को दफा ३ (ख ) बमोजिम प्रचलित ब्यबस्था अनुसार अबैध र गैरकानुनि रुपले उत्खनन् र ओसार पसार गर्ने बिभिन्न ११ वटा टिप्पर र १ ट्याक्टरलाइ कारबाही गर्न पोखरा महानगरपालिकालाई लेखि पठाउने निर्णय भएको समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले बताए । मापदण्ड अनुसार बर्षातको समय असार ,साउन र भदौ महिनामा नदि तथा खानीजन्य सामाग्रीको उत्खनन् र ओसार पसार गर्न नपाइने ब्यबस्था छ । उक्त ब्यबस्था बिपरित कास्कीमा सो कार्यमा संलग्न ग १ क १५१५, ग १ क ६२१४ , जीएए ००७६, बा ४ ख ३३२१, ग २ ख १४५, ग १ क २४०२ ,ग २ख ३२८ ,ग २ ख ११५६ ,ग १ क ६३९२, ग १क ५११३, ग १ ख ७९९० नम्बरका ११ वटा टिपर र ग १ त ७०१२ नम्बरको एक ट्याक्टर रहेका छन् । उक्त सबारी साधनहरू जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालयको संयुक्त टोलीले मिति २०८१ असार १५ गते नदिजन्य पदार्थ लोड गर्ने क्रममा पोखरा महानगरपालिका वडा न १९ दसखेत घाटबाट पक्राउ गरेर थप अनुसान्धान सहित कारबाहीको लागि जिल्ला अनुगमन समितिमा पेश गरेको थियो ।

 

जिल्ला अनुगमन समितिको शुक्रबारको बैठकमा उत्खनन् र संकलनको लागि स्वीकृत, बिधि, प्रक्रिया र परिणाम सम्बन्धि ब्यबस्थाको पूर्ण पालना हुन नसकेको हुदा बिस्तृत अनुसन्धान सहित जिम्मेबार पक्षलाई कारबाही गर्न पोखरा महानगरलाई भनिएको छ ।असार मसान्त अगाबै तोकिएको परिमाण बराबरको सामाग्री उत्खनन् गरी सो क्षेत्रबाट बाहिरिनुपर्ने सम्झौतामा उल्लेख गरिए पनि सो को पालना नगरी स्टक नै नभएको अबस्थामा स्टक छ भनि ब्लु ब्रिक्स कन्स्ट्रक्सन प्रालिलाइ असार ९ गते कार्यादेश दिने कर्मचारीलाई समेत बिस्तृत छानबिन सहित प्रचलित एन कानुन बमोजिम कारबाहि गरेर सो को जानकारी पेश गर्न पोखरा महानगरलाइ भनिएको छ । साथै नियन्त्रणमा लिइएका सबारी साधनहरूलाइ प्रचलित कानुन र नगर सभाबाट स्वीकृत कानुन र नियम बमोजिम कारवाही गरेर सोको जानकारी पठाउन भनिएको जिल्ला संयोजक लिलाधर पौडेलले बताए ।

साथै ढुंगा, गिटी, बालुवा उत्खनन्, बिक्री तथा ब्यबस्थापन सम्बन्धि संसोधनसहितको मापदण्ड २०७७ को दफा ४ को उपदफा ५ संग सम्बन्धित अनुसूची २ ख ठेक्का सम्झौता फारामको बुदा १७ अनुसार उत्खनन् संकलन तथा बिक्री गरीने साधारण निर्माणमुखी नदिजन्य पदार्थको मौज्दात आर्थिक बर्षको अन्त्यमा शुन्य गर्नु पर्ने र सो नसकेको अबस्थामा सम्बन्धित पालिकाले जफत गरी लिलाम गरी बिक्री गर्ने ब्यबस्था रहेको हुदा उक्त दफा प्रभाबकारी रूपमा कार्यान्वयन गर्न कास्कीका सबै स्थानीय तहलाई आग्रह गरीएको छ पौडेलले जनाए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->