बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बुद्ध शान्ति सामुदायिक वनमा बृक्षरोपण

बुद्ध शान्ति सामुदायिक वनमा बृक्षरोपण


  • ढोरपाटन संवाददाता
  • साउन ६ २०८१, आइतबार

पोखरा/ पोखरा महानगरपालिका वडा नं २९ मा रहेको श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिले वन पैदावरलाई आय आर्जनमा जोड्ने गरि बृक्षरोपण गरेको छ । सामुदायिक वन उपभोक्ता समितिको क्षेत्रधिकार भित्र रहेको पटनेरी क्षेत्रको करिव १२ सय हेक्टरको जमीनमा स्थानियको आय आर्जनमा सहयोग पुग्ने गरि फलफुल, डाले घाँस, आर्युवेदिक लगाएत अन्य मानव उपयोगि रत्तचन्दन, अगरउड र एवोगार्डका विरुवा लगाईएको हो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २९ का वडासदस्य क्षेत्र बहादुर गुरुङले बन पैदावरको सहि प्रयोग तथा संरक्षण गर्न सक्ने हो भने देशको अर्थ तन्त्रमा सहयोग पुग्ने विश्वास दिलाउदै वातावरण तथा भुःक्षय नियन्त्रणमा बृक्षारोपण गर्दा सहयोग पुग्नेमा जोड दिएका थिए । श्री बुद्ध सामुदायिक वन उपभोत्ता समितिका अध्यक्ष मोतीलाल सुनारको अध्यक्षतामा भएको कार्यक्रममा, सल्लाहकार सु.चन्द्रबहादुर गुरुङ, उपाध्यक्ष रामबहादुर गुरुङ, सचिव काशीमाया गुरुङ र कोषाध्यक्ष सु.तेजबहादुर गुरुङ लगाएतले सवैको सामुहिक प्रयास र संरक्षण बाट बनको संरक्षण गर्ने वन प्रदावरको पनि स्थानियहरुले उपभोग गर्न पाउने अधिकार रहने बताएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->