पोखरा/गत आइतबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सार्वजनिक यातायात केन्द्रीय महासंघ गण्डकी प्रदेशको संयुक्त आयोजनामा भाडाका सवारी साधन नचलाई बन्द गरेको बिरोध कार्यक्रममा पर्यटक बसको शिशा फुटाएको आरोपमा एक जना पक्राउ परेका छन ।
पोखरा महानगरपालिका–९ पृथ्वीचोकबाट काठमाण्डौतर्फ जाँदै गरेको लु १ प ७ नम्बरको पर्यटक बसलाई रोकी चालकलाई अपशव्द सहित गालीगलौज गरेको र उक्त बसको सिसा समेत फुटाई फरार रहेका काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका–६ स्थायी घर भई हाल पोखरा–५ मालेपाटन बस्ने ४६ वर्षीय धन बहादुर लामा पक्राउ परेका हुन । जिल्ला प्रहरी कास्कीबाट खटिएको टोलिले खोजतलास गर्दै जाँदा मिति मंगलबार पोखरा–१६ दीपबाट पक्राउ गरी सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसूर (अभद्र व्यवहार) सम्बन्धी मुद्दामा दिन १० म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी बसन्तकुमार शर्माले बताए ।





