पोखरा/फोटोग्राफर संघ गण्डकीको स्थापना दिवस तथा १८५ औं बिश्व फोटोग्राफी दिवसको अवसरमा फोटो प्रतियोगिताको घोषणा गरेको छ ।
संघले फोटोग्राफरहरुको सम्मान प्रविधिको ज्ञान, व्यावसायीहरुलाई उत्साह र फोटोग्राफरहरुको मनोवल उच्च प्रदान गर्ने उदेश्यले उक्त प्रतियोगिताको घोषणा गरेको संस्थाका सचिव तुलसीराम सुवेदी ले जानाकारी गराए ।
फोटोग्राफर संघ गण्डकी को स्थापना दिवस भाद्र २० गते समापन गरिने प्रतियोगितामा मिराज राष्ट्रिय वैवाहिक फोटो प्र्रतियोगिताअन्र्तगत विभिन्न ६ वटा विधा सार्वजनिक गरेको छ ।
बेष्ट फोटो अवार्ड, ब्राईड एण्ड ग्रुम हेड सट,बेष्ट कलरिङ एण्ड रिटचिङ, बेष्ट मोमेन्ट क्याप्चरिङ, बेष्ट कपल पोजिङ, बेष्ट कल्चर गरी ६ ओटा विधा रहेका छन् । बेष्ट वैवाहिक फोटो अवार्डका लागि १५ हजार ५५५ नगद ट्रफी र प्रमाण पत्र रहेको छ भने अन्य विधामा ट्रफी र प्रमाण रहेका छन् । मिराज राष्ट्रिय वैवाहिक फोटो प्र्रतियोगिता वर्षभरिनै चलिरहेको र प्रत्यक महिनाका उत्कृष्ट प्रतियोगितालाई प्रमाण पत्रले सम्मान गरिने प्रतियोगिताका संयोजक भक्त तामाङले जानकारी दिए । मिराज राष्ट्रिय वैवाहिक फोटो प्र्रतियोगिताका लागि मिराज फोटोका संचालक भक्त तामाङ÷बृहस तामाङले रु २ लाखको अक्षयकोषको स्थापना गरेको कुरा कोषाध्यक्ष जीवन ढुङ्गानाले बताएका छन् । यसैगरी संस्थाले गण्डकी प्रदेशलाई बिश्वभरी नै चिनाउने उद्देश्यका साथ यहाँका प्राकृतिक छटाहरुलाई उजागर गर्ने र आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नका लागी नेचर एण्ड ल्याण्डस्केप विधामा पनि प्रतियोगिताका घोषणा गरेको छ ।
नेचर एण्ड ल्याण्डस्केप विधाअन्र्तगत फोटोहरु गण्डकी प्रदेश भित्रको हुनुपर्नेछ भने देशैभरिका फोटोग्राफरहरु यस प्रतियोगितामा भाग लिन पाउनेछन् । उक्त प्रतियोगितामा बेस्ट फोटोले नगद १० हजार ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उत्कृष्ट ५ तस्विरलाई ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
संस्थाका अध्यक्ष दुर्गाप्रसाद पौडेल तथा बिषेश अतिथि विश्वरत्न शाक्य , नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदी लगायत ले ब्यानर खोली प्रतियोगिताको शुभारम्भ गरेका थिए ।
कार्यक्रमका बिशेष अतिथि वरिष्ठ फोटोग्राफर बिश्वरत्न शाक्य ले फोटोग्राफी क्षेत्रमा गण्डकी प्रदेशले देशैभरिका फोटोग्राफरहरुलाई प्रोत्साहीत गर्नका लागी स्थापना गरिएको यो प्रतियोगिता निकै सह्रानिय कार्य भएको बताए । साथै, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले फोटोग्राफर र फोटोपत्रकार र पत्रकार सबै एउटै पाटा भएको बताए ।
प्रतियोगिता घोषणा कार्यक्रममा फोटोग्राफर संघ गण्डकी का अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा फोटोग्राफर संघका अध्यक्ष रामचन्द्र पोख्रेल नेपाल फोटोग्राफर महासंघ नेपालका के.सदस्य रवीनाथ दाहाल ,सल्लाहकार गणेश छवि, नेपाल पत्रकार महासंघ गण्डकीका महासचिव गोबिन्द सुवेदी, लगायतले आफ्नो भनाइ राखेका थिए ।प्रतियोगिताका संयोजक तथा अक्षयकोष दाता भक्त तामाङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव तुलसी राम सुवेदीले गरेका थिए ।





