बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

तीजमा भड्किला कार्यक्रम गरे कारवाही: कास्की प्रशासन

तीजमा भड्किला कार्यक्रम गरे कारवाही: कास्की प्रशासन


  • ढोरपाटन संवाददाता
  • भाद्र ६ २०८१, बिहिबार

पोखरा/ कास्की जिल्ला प्रशासनले तीजको मौलिकतामाथि आँच आउने र खर्चिलो तथा तडकभडकसाथ तीज मनाएमा कारवाही गर्ने चेतावनी दिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले आज विहीबार सूचना जारी गर्दै कुनै पनि खर्चिला र सामाजिक सद्भावमा असर पुराउने गरी तीजका कार्यक्रम नगर्न भनेका हुन ।

हरितालिका तीजको दिन निराहार ब्रत बस्ने र त्यसको एक दिन अगाडि दर खाने मौलिक परम्परा विपरीत तीज आउनु भन्दा निकै समय अगाडि देखि विभिन्न संघसंस्थाको नाममा विभिन्न होटल तथा पार्टी प्यालेसमा राती अवेरसम्म तडकभडकसहितका अत्यन्त खर्चिला कार्यक्रम गर्ने, गरगहना प्रदर्शन गर्ने ध्वनी प्रदुषण हुनेगरी सांस्कृतिक कार्यक्रम गर्दा तीजको मौलिकतामाथि आँच आउने एवं विभिन्न बिकृति र सामाजिक अपराधलाई प्रोत्साहन पुग्न जाने सूचनामा भनिएको छ ।

‘त्यसैले आफ्नो परम्परा, सामाजिक रितिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेक अन्य कुनै पनि खर्चिला तथा सामाजिक सद्भावमा असर पुराउने खालको भड्किला कार्यक्रम तथा क्रियाकलाप नगर्न, नगराउनु हुन सम्पूर्ण जिल्लाबसीमा अनुरोध गरिएको छ’ सूचनामा छ, ‘यस सूचनाको बर्खिलाप हुनेगरी भए गरेका कार्यक्रमहरुको प्रशासनबाट सूक्ष्म निगरानी राखी सामाजिक व्यवहार (सुधार) ऐन, तथा नियमावली २०३३ र अन्य प्रचलित कानुन अनुसार कारवाही हुने छ ।’ सामाजिक अनुशासन कायम गर्ने यस कार्यमा राजनीतिक दल, नागरिक समाज, पेशागत संघसंस्था र महिला संजाल तथा जिल्लाबासीबाट सहयोगको अपेक्षा पनि प्रशासनले राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->