बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर पोखरा आउँदै गरेको बस पल्टियो

मुग्लिन–नारायणगढ खण्डमा भिरबाट खसेको ढुंगा लागेर पोखरा आउँदै गरेको बस पल्टियो

२५ यात्रु घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार

पोखरा/ मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ सत्रकिलोमा माथिबाट ढुंगा खस्दा बस दुर्घटनामा परेको छ ।
रौतहटको गौरबाट पोखरा आउँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि आज दिउँसो साढे १ बजेतिर ढुंगा खसेको थियो । त्यसपछि चालक आत्तिएर बस अनियन्त्रित भएर सडकमै पल्टिएको मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले बताइन ।

दुर्घटनाग्रस्त बसमा सवार २५ यात्रु घाइते भएको चितवन प्रहरीले जनाएको छ । घाइतेमध्ये ९ जनाको भरतपुर अस्पताल, ८ जनाको पुरानो मेडिकल कलेजमा र ८ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->