बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटनामा चालक घाइते

पोखराको घारीपाटन चोकमा स्कुल बस दुर्घटनामा चालक घाइते


  • ढोरपाटन संवाददाता
  • भाद्र ७ २०८१, शुक्रबार
तस्बिर सामाजिक संजाल

पोखरा/ पोखरा–१७ घारीपाटन चोकमा शुक्रबार स्कुल बस दुर्घटना हुँदा चालक घाइते भएका छन । पोखरा– ८ को न्यू मोडल सेकेन्डरी स्कुलको ग १ क ४६६१ नम्बरको विद्यार्थी बोकेको बस दिउँसो ३ बजेको समयमा दुर्घटना भएको हो ।

तस्बिर सामाजिक संजाल

दुर्घटनामा बसचालक स्याङ्जाको भिरकोट नगरपालिका–२ बयरघारी घर भइ हाल पोखरा–९ कृष्णटोल बस्ने ५४ वर्षीय दलबहादुर गुरुङ घाइते भएक हुन । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बसमा २० जना विद्यार्थी रहे पनि सकुशल छन । अनियन्त्रित भएर दुर्घटनामा परेको बसले पार्किङमा रहेका तीनवटा ट्याक्सीमा क्षति पुराएको छ । ग १ ज २९३४, ग १ ज २२४१ र ग १ ज ४१८० नम्बरको ट्याक्सीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->