पोखरा/ हिजो विहीबारदेखि हराइरहेका पर्वतको फलेवास नगरपालिका वडा नं. २ थापाठाना घर भई हाल पोखरा महानगरपालिका–७ अन्नपुर्ण टोल बस्ने सुर्य बहादुर क्षेत्रीको १३ वर्षीय छोरा प्रस्ताव क्षेत्री शुक्रबार फेवातालमा मृत भेटिएका छन । क्षेत्री विहीबार दिउँसो साढे १ बजेको समयमा डेरा कोठाबाट कोही कसैलाई नसोधी निस्की हिंडेका प्रहरीले जनाएको छ ।
हराएका क्षेत्रीको खोजतलास भईरहेकोमा निजका साथीसंग सोधपुछका क्रममा विहीबार १ बजेर ५० मिनेटको समयमा पोखरा-१७ ड्यामसाइडस्थिित फेवातालमा हाम फालेको भनेपछि तत्काल वडा प्रहरी कार्यालय बैदाम, गण्डकी प्रदेश प्रहरी गण पोखराबाट र शसस्त्र प्रहरी बल नं. २४ हेडक्वाटर मालेपाटनबाट संयुक्त रेस्क्यु टोली खटीएको थियो । फेवातालमा खोजतलास गर्दा साढे ४ बजे फेवातालमा डुवेको अवस्थामा क्षेत्रीलाई फेला पारिएको कास्की प्रहरीले जनाएको छ ।





