बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट

पोखराको महेन्द्रपुलमा एप्पलको नयाँ आउटलेट


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८१, शनिबार

पोखरा/ पोखराको महेन्द्रपुलमा एप्पल कम्पनीको नयाँ आउटलेट सञ्चालनमा आएको छ । यही भदौको पहिलो सातादेखि आउटलेट सञ्चालनमा आएको एप्पल कम्पनीको आधिकारिक विक्रेता जोय ग्रुपका प्रमुख कार्यकारी अधिकृति मेघराज आचार्यले जानकारी दिए ।

जोय ग्रुपद्वारा काठमान्डौको न्युरोडमा संचालीत जोय स्टोर्सको नयाँ शाखाको रुपमा महेन्द्रपुलमा जोय स्टोर्स खुलेको हो । एप्पल कम्पनीका आधिकारिक उत्पादनहरुमा उपभोक्ताको सहज पहुँच होस भन्ने हेतुले सेवा विस्तार गरेको आचार्यको भनाई छ । पोखराको यो शाखा संघीय राजधानी बाहिर पहिलो हो । जोय ग्रुपका निर्देशक गुरू शर्मा तथा अध्यक्ष साडर ढकालले हालै महेन्द्रपुलस्थित नयाँ आउटलेटको उद्घाटन गरेका छन् ।

नयाँ आउटलेटमा आकर्षक अफरहरु सहित एप्पल कम्पनीका उत्पादनहरु बिक्रि वितरण गरिने आचार्यले जानकारी दिएका छन् । बिक्रिका साथै मर्मत सम्भार तथा एसोसरिजहरुको पनि उपलब्धता रहेको जोय ग्रुपले जनाएको छ । नयाँ आउटलेटबाट एप्पल कम्पनीका पारखीलाई भरपुर सन्तुष्टि मिल्ने विश्वास ग्रुपका प्रमुख कार्यकारी अधिकृत आचार्यले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->