बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोखरामा डायमण्ड मेला हुदैं

पोखरामा डायमण्ड मेला हुदैं


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार
फाइल तस्वीर

पोखरा / पोखरामा डायमण्ड (हिरा) का गहनाको मेला हुने भएको छ । कञ्चन क्यापिटलको आयोजनामा भदौ १२ देखि १९ गतेसम्म क्रिस कञ्चन ज्वेलरी मोहोरिया टोलमा मेला हुने भएको हो ।

पञ्चरत्न आभूषण प्रालि र कञ्चन ज्वेलर्ससँगको सहकार्यमा मेला हुन लागेको कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजूले बताए । सोही अवसरमा क्रिस कञ्चन ज्वेलरीमा डायमण्डको सोरुम पनि उद्घाटन गरिने गुभाजूले जानकारी दिए ।

मेलामा डायमण्ड खरिदमा विशेष छुट दिइने उनले बताए । मेला बिहान १० बजेदेखि सुरु भएर साँझ ६ बजेसम्म सञ्चालन हुनेछ । मेलामा हिराबाट बनेका फूल, औंठी, हार, टप, झुम्का लगायतका गहना राखिने उनले सुनाए । ‘पोखरामा हामीले प्रत्येक वर्ष डायमण्ड मेला आयोजना गर्दै आएका छौं, उनले भने, ‘यो मेलाबाट डायमण्डको विशेषताको बारेमा जानकारी गराउँदै डायमण्ड खरिदमा विशेष छुटको व्यवस्था गरेका छौं । यो पटक हामीले पोखरामै सोरुमको पनि शुभारम्भ गर्दैछौं ।’ तिज तथा डायमण्डको सोरुम उद्घाटनका अवसरमा कञ्चन क्यापिटल अन्तर्गतका सबै शाखाहरुमा सुनचाँदीका गरगहनामा पनि विशेष छुट प्रदान गरिने अध्यक्ष गुभाजूले जानकारी दिए ।

हिराका गहना काठमाडौंमा बढि प्रचलनमा रहेकाले पोखरामा पनि डायमण्डको गहना उपलब्ध गराउन कञ्चन क्यापिटल लागिपरिरहेको उनले बताए । ‘पोखरामा डायमण्डको सोरुम थिएन् । सबै काठमाडौं जान्थे,’ उनले भने, ‘त्यसैले यताको ग्राहकलाई पोखरामै सुविधा दिउँ भन्ने उद्देश्यले सोरुम स्थापना गरेका हौं ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->